मेचीनगर वडा स्तरीय फुटबल: वडा नं. ११ र २ विजयी, सनम र आभास बने ‘म्यान अफ द म्याच’

A notice in Nepali from Mechinagar Ward No. 10

३१ वैशाख, मेचीनगर :  मेचीनगरमा जारी वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरूमा वडा नम्बर ११ र वडा नम्बर २ ले आ–आफ्नो खेल जितेका छन्।

आजको पहिलो खेल वडा नम्बर ११ र वडा नम्बर ४ बीच सम्पन्न भएको थियो। निकै प्रतिस्पर्धात्मक देखिएको उक्त खेलमा वडा नं. ११ ले वडा नं. ४ लाई १–० को गोल अन्तरले पराजित गरेको छ। वडा नं. ११ को जितका लागि जर्सी नम्बर ६ का खेलाडी सनम राईले निर्णायक गोल गरेका थिए। खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै सनम राईले ‘म्यान अफ द म्याच’ को अवार्ड हात पारे। उनलाई वडा नम्बर ६, १० र २ का वडा अध्यक्षहरूले संयुक्त रूपमा ट्रफी, नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो।

त्यसैगरी, आजै भएको दोस्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर १४ लाई १–० को अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ। वडा नं. २ का लागि जर्सी नम्बर २ का खेलाडी निशान्त प्रसाईंले गोल गर्दै टोलीलाई जित दिलाएका थिए। यस खेलमा वडा नं. २ कै जर्सी नम्बर ६ का खेलाडी आभास सुवेदी म्यान अफ द म्याच घोषित भए।

विजेता खेलाडी सुवेदीलाई वडा नम्बर ६ का अध्यक्ष, वडा नम्बर १० का अध्यक्ष, वडा नम्बर २ का अध्यक्ष र वडा नम्बर ६ का वडा सदस्य ध्रुव राईले ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा स्थानीय वडाका प्रतिनिधिहरूको उपस्थिति र दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.