‘कोमा’मा पुगेको पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’

A notice in Nepali from Mechinagar Ward No. 10

कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटकर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको एउटा समुहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित सोे साइकल समुह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । समुहले यो यात्राममार्फत नेपाली पर्यटनलाई जीवन पदन आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ ।

काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समुहलाई वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले १७ कार्तिक (नाभेम्बर २) बिहान बोर्डको कार्यालय, भृकुटीमन्डपबाट बिदाई गर्ने कार्यक्रम रहेको छ । वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।

साइकल समुहमा पुस्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डेलगायत १५ जना पर्यटन व्यवसायी सहभागी छन् ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.