त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो

इस्तानबुलबाट काठमाडौं आएको विमान अवतरणका क्रममा चरा ठोक्किएपछि केही समय उडान तथा अवतरण प्रभावित भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फाइल तस्बिर

📌 मुख्य बुँदाहरू:

  • इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको TK726 उडान नम्बरको जहाज अवतरण गर्ने क्रममा परेवा ठोक्किएको हो।
  • घटना लगत्तै विमानस्थलमा केही समयका लागि उडान र अवतरण सेवा प्रभावित बनेको थियो।
  • घटनास्थलमा मृत परेवा र विमानको सिसाका केही टुक्राहरू फेला परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा परेवा ठोक्किएको छ। इस्तानबुलबाट काठमाडौं आएको TK726 फ्लाइट नम्बरको जहाज अवतरण गर्ने सिलसिलमा उक्त घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।

आज बिहान साढे ६ बजेतिर भएको उक्त घटनाका कारण विमानस्थलमा केही समयका लागि उडान र अवतरण रोकिएको थियो। विमानमा चरा ठोक्किएपछि सुरक्षा जाँच तथा धावनमार्ग सरसफाइका लागि उडानहरू केहीबेर प्रभावित हुन पुगेका थिए।


विमानस्थलको उडान सेवा सुचारु

घटनालगत्तै विमानस्थल कार्यालयका अनुसार रनवेमा मृत परेवा फेला परेको थियो भने विमानको सिसाका केही टुक्रासमेत भेटिएका थिए। अन्य कुनै पनि ठूलो क्षति नभएको र प्राविधिक परीक्षणपश्चात रोकिएको उडान तथा अवतरण सेवा अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.