आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

१४ भदौं, काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको प्रभावले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षा हुने प्रक्षेपण पनि गरेको छ।

शुक्रबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

यसपटक कति पर्‍यो पानी?
यस वर्ष सरदरभन्दा बढी पानी पर्ने यसअघि नै प्रक्षेपण भएको थियो। अहिलेसम्म १२९६.० मिलिमिटर वर्षा भएको छ। २० वटा वर्षा केन्द्रको तथ्यांकका आधारमा सञ्चित वर्षा निकाल्ने गरिएको जल तथा मौसम विज्ञानले जनाएको छ।

२० वटा वर्षा मापन केन्द्रको सञ्चित तथ्यांकका आधारमा विश्लेषण गर्दा अहिलेसम्म (जेठ १९ देखि भदौ १३) औसतको ८७.६ प्रतिशत वर्षा भइसकेको छ।

विभागका अनुसार काठमाडौंमा १२०० मिलिलिटरभन्दा बढी पानी परेको छ। यो औसतभन्दा निकै माथि हो।

त्यस्तै विराटनगर विमानस्थल केन्द्रमा पनि औसतभन्दा धेरै वर्षा मापन भएको छ। धरानमा पनि औसतभन्दा बढी वर्षा मापन भएको छ।

धनगढीमा असार १६ गतेसम्म औसतभन्दा निकै कम पानी परेको र असारदेखि भदौ २ गतेसम्म औसतभन्दा माथि वर्षा भएको देखिएको छ। त्यसपछिभने औसतभन्दा कम वर्षा भएको छ। डडेलधुरा, धनकुटामा औसतभन्दा कम र ताप्लेजुङ, दिपायलमा औसतभन्दा बढी वर्षा मापन भएको छ। सुर्खेतमा औसतभन्दा कम वर्षा भएको छ।

घोराही, भैरहवा, ओखलढुंगामा औसतभन्दा बढी, जिरी, लुम्लेमा औसतभन्दा कम वर्षा भएको छ। जोमसोममा सरदर जनकपुरमा सरदरभन्दा कम पानी परेको छ।

नेपालगञ्ज, जुम्ला, सिमरामा पनि यसपटक कम पानी परेको छ। पोखरामा साउन—भदौ २ सम्म औसतभन्दा बढी वर्षा भए पनि असारमा भने औसतभन्दा कम नै पानी परेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.