१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

मुग्लिन–नौबिसे सडकको घोप्टेभिर खुला, तुइनखोलामा भने भोलिदेखि दैनिक पाँच घण्टा बन्द हुने

गत मङ्सिर ५ गतेदेखि बन्द रहेको घोप्टेभिर खण्ड सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइनखोलामा भने जोखिमयुक्त पहिरो हटाउन दिउँसो सवारी आवागमन रोकिने भएको छ।

सेयर:

गत मङ्सिर ५ गतेदेखि बन्द रहेको घोप्टेभिर खण्ड सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइनखोलामा भने जोखिमयुक्त पहिरो हटाउन दिउँसो सवारी आवागमन रोकिने भएको छ।

📌 मुख्य बुँदाहरू:

  • पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
  • नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्सिर १३ गतेदेखि अर्को सूचना नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी बन्द हुनेछ।
  • तुइनखोलामा पहिरो काट्ने र जोखिमयुक्त भाग हटाउने काम बाँकी रहेकाले सवारी आवागमन प्रभावित हुने भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आएका छन्। मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसोको समयमा सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो।

पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएपछि यातायात सञ्चालन सहज भएको हो। घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पनि पूर्ण रूपमा खुलेका छन्। पहिरो प्रभावित क्षेत्रमा यातायात आवागमन सहज बनाउन र यात्रुको सुरक्षाका लागि प्रहरी टोली सक्रिय रूपमा परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकमा फेरि दैनिक पाँच घण्टा बन्द हुने

घोप्टेभिरको सडक खुले पनि नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने कार्य गर्नुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो। यसरी दिउँसोको समयमा सडक बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रुहरू केही समयका लागि प्रभावित हुने देखिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।