Sunday, May 9, 2021
- बिज्ञापन -
गृह सूचना / प्रविधि’पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ : माटो परीक्षण प्राविधिक...

’पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ : माटो परीक्षण प्राविधिक सहायक राजेन्द्रप्रसाद यादवले

इटहरी। पूर्वका ६० देखि ६५ प्रतिशत जमिनका माटो अम्लीय रहेको प्राविधिकहरुले जनाएका छन् ।
अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका पूर्वी तराईका करीब ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले जानकारी दिएको छ ।
माटोमा अम्ल वर्षौंदेखि क्रमशः बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् । माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषि विज्ञहरु बताउँछन्। माटोमा अम्लको मात्रा घटाउन तुरुन्त उपाय अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

झापा, मोरङ तथा सुनसरी अन्न उत्पादनका लागि मुख्य जिल्लाहरु मानिन्छन् । तर यी जिल्लाका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक सहायक राजेन्द्रप्रसाद यादवले बताए । उनले भने, ’पूर्वका ६० देखि ६५ प्रतिशत माटो अम्लीय छ, अनेक बालीका लागि आफ्नै पीएच मान हुन्छ र त्यो कम हुँदा बाली बिरुवाको बृद्धि त्यति राम्रो हुँदैन्।’ बर्षेनी पाँच प्रतिशतका दरले माटो अम्लीय बन्दै गएको जानकारी दिए।

विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएको बताउँछन । जब माटो अम्लीय बन्दै जान्छ तब बाली उत्पादनका लागि चाहिने पीएच मान माटोमा नरहने कृषि प्राविधिकहरु बताउँछन्। पूर्वका व्यवसायिक किसान खेतीयोग्य जमिनको माटो परीक्षणका लागि प्रयोगशालामा लिएर जाने गरेका छन्। कुनै बेला प्रयोगशालाका प्राविधिक खेतमै गएर माटो परीक्षण गर्ने गरेका छन्।

प्राविधिकहरुका अनुसार तराईमा माटो अम्लीय बन्दै जाने जति समस्या छ त्यति पहाडमा छैन। कारणबारे क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका प्राविधिक सहायक यादवले भने, ’पहाडमा खेती गर्ने जमिन कम हुन्छ। तराईमा एक जना किसानकै धेरै जग्गा हुन्छ। फेरि पहाडमा जैविक मलको प्रयोग तराईको तुलनामा बढी नै हुन्छ।’

माटो परीक्षण प्रयोगशालाको रिपोर्टको आधारमा कृषि विकास कार्यालयहरुले माटोको अम्लपन बढ्दाका खतराका बारेमा जानकारी गराउन थालिएको कृषि विकास कार्यालयहरुले जनाएका छन् ।

कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले भने, ’माटो परीक्षण प्रयोगशालाकै रिपोर्टको आधारमा हामीले किसानलाई यसपाली माटो सुधार्नका लागि धेरै कृषि चुन उपलब्ध गराएका छौं।’ माटो अम्लीय बन्दै जाँदा अन्नबाली उत्पादन घट्ने कृषि विज्ञहरु बताउँछन्।

साभार : सञ्चारपाटी

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु