सुसेली साहित्यिक परिवारद्वारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

 काँकरभिट्टा ,  पौष  १८ । मेचीनगर -६ काँकरभिट्टास्थित पूर्व मेची बस व्यावसायी प्रालिको भवनमा सुसेली साहित्यिक परिवारले आज एक कार्यक्रमबीच प्रतिभाशाली व्यक्तित्व तथा स्रस्टालाई सम्मान गरेको छ ।

पुरस्कार अर्पण तथा पुस्तक विमोचन कार्यक्रममा चरा अध्येता तथा फोटो पत्रकार काँकरभिट्टा निवासी देवेन्द्र खरेललाई ‘ सुसेली प्रतिभा पुरस्कार ‘ र विर्तामोड निवासी बुद्ध अफसेट प्रेस सञ्चालक कमला भट्टराई पराजुलीलाई  ‘ वेदकुमारी रेग्मी कर्मठ महिला ‘ पुरस्कारबाट नगद रु .१० / १० हजारका दरले सम्मान गरेको छ ।

त्यसैगरी सो कार्यक्रममा मेचीनगर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिताका उत्कृस्ट विद्यार्थीहरुलाई  सम्मान तथा पुरस्कृत गरेको छ । निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने कवि शिरोमणि माध्यमिक विद्यालयकी तपस्या राउतलाई नगद रु . ५ हजार , द्दितीया हुने पशुपति इंगलिस बोर्डिंग स्कुलकी अंकिता धिमाललाई रु .३ हजार, तृतीया हुने भानु माध्यमिक विद्यालयकी दीपिका खातीलाई रु . २ हजार र सान्त्वना वापत बलभद्र जनता माध्यमिक विद्यालयका छात्र विष्णु अधिकारीलाई रु. १ हजारले साहित्यिक परिवारले सम्मान तथा पुरस्कृत गरेको छ ।

 

‘सुसेली– अङ्क १८’ झापाली स्रष्टा परिचयको पुस्तक लोकर्पण समेत गरिको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै साहित्यकारद्वय कृष्ण धरावासी र चन्द्र भण्डारीले साहित्य समाजको दर्पण भएको हुदा स्थानीय निकायहरुले यसको संरक्षण र सम्बर्धन गर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी प्रमुख अतिथिको तर्फबाट मेचीनगर नगरपालिकाकी उप -प्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरभित्र जातीय संग्रहालय बनाउन कुरो अगाडि बढेको बताउनुभयो ।

 

सो कार्यक्रममा सुसेली साहित्यिक परिवारको तर्फबाट सदस्य तथा प्राज्ञ सुभद्रा भट्टराई अर्यालले विशिष्ट अतिथि चूडामणि रेग्मीलाई उहाँको चौरासी तथा गुरुआमा वेदकुमारीको हिरक जन्मोत्सवका अवसरमा मायाको चिनो प्रदान गर्नुभयो भने साहित्यकार देवीचरण भण्डारी र इन्द्रबहादुर मुखियालाई समेत सम्मान गरिएको छ ।

झापा लगायत अन्य ठाँउबाट पाल्नुभएका स्थापित स्रष्टा ,नव सर्जक , रङकर्मी, कलाकारहरु ,प्राध्यापक ,विभिन्न संघ संस्थामा आवद्द व्यक्तित्व र पत्रकार लगायतको उपस्तिथि रहेको सो कार्यक्रममा सुसेली साहित्यिक परिवारका उपाध्यक्ष केन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नुभयो । साहित्यिक परिवारका सचिव कनक बहादुर कार्कीको सञ्चालनमामा सुसेली साहित्यिक परिवारका अध्यक्ष पूण्यप्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.