Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह खेलकुदशनिश्चरे एफसीले ५-२ गोल अन्तरले हरायो ज्ञानेचोक एफसी पृथ्वीनगरलाई

शनिश्चरे एफसीले ५-२ गोल अन्तरले हरायो ज्ञानेचोक एफसी पृथ्वीनगरलाई

घेराबारी , पुस २४ । झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को बिहिबार सम्पन्न खेलमा शनिश्चरे फूटबल क्लबले ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगरलाई ५-२ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । यो खेल सँगै सेमिफाइनल खेलको समीकरण पूरा भएको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे फूटबल क्लबका तर्फबाट जर्सी नम्बर ९ का सरोज कार्कीले खेलको २५ औँ  पहिलो मिनेटमा गोल र ४२ औँ मिनेटमा थप एक गोल गरे । त्यसैगरी शनिश्चरे एफसी , शनिश्चरेको तर्फबाट खेलको ४४ र ५७ औँ मिनेटमा जर्सी नम्बर १५ का पुष्प मादेन र जर्सी नम्बर १७ का सुबास लिम्बूले ५३ औँ मिनेटमा १ गोल गोल गर्दै टिमलाई विजयी बनाए । ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगरको तर्फबाट भने खेलको खेलको ४७ औँ मिनेटमा जर्सी नम्बर १२ का बिनोद बस्नेतले मात्र एक गोल गरे । खेलको ६९ औँ मिनेटमा शनिश्चरे एफसीका खेलाडी पूजन श्रेष्ठले आत्मघाती गोल गरे । निकै कडा प्रतिष्पर्धात्मक खेलमा शनिश्चरेका गोल किपर संजय गुरुङ्गले डी-बक्सभित्र विपक्षी खेलाडीलाई फल खेले वापत म्याच रेफ्री सन्तोष चौधरीले रेडकार्ड दिदै मैदान बाहिर पठाए ।

 

खेलको ‘ म्यान अफ द म्याच’ शनिश्चरे एफसीका  सरोज कार्की घोषित भए । आज शुक्रबारको पहिलो सेमी फाइनल खेल घेराबारी एफसी र जलथल एफसी बीच हुदैछ ।
श्री घेराबारी युवा परिवारको आयोजनामा पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उप विजेताले ३० हजार पाउनेछ

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु