Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह खेलकुदकर्ण लिम्बूको निर्णायक गोलमा फाइनल पुग्यो घेराबारी एफसी

कर्ण लिम्बूको निर्णायक गोलमा फाइनल पुग्यो घेराबारी एफसी

घेराबारी, पुस २४ । झापाको कचन कवल – १  घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा आयोजक घेराबारी फूटबल क्लबले जलथल फूटबल क्लबलाई १ – ० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न आजको खेलमा घेराबारी एफसीका तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले खेलको २५ औँ मिनेटमा पहिलो गोल गर्दै घेराबारी एफसी लाई अग्रता दिलाए । खेल अवधिभरी दुवैतर्फबाट थप गोल हुन नसकेपछि कर्ण लिम्बूको गोल नै निर्णायक बन्यो । करीब ३ हजार दर्शकले हेरको सो रोमान्चक खेलमा जलथल एफसीका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।

खेलको ‘ म्यान अफ द म्याच’ घेराबारी एफसीका जर्सी नम्बर ५ का सनम राई घोषित भए । उनले नगद सहित म्यान अफ द म्याचको ट्रफी पाए । श्री घेराबारी युवा परिवारको आयोजनामा भएको प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको खेल हेर्न झापाका विर्तामोड ,शनिश्चरे ,राजगढ, बानियानी ,सुरुङ्गा लगायतका विभिन्न ठाउँहरु आउने गरेको श्री घेराबारी युवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो । पुस २० गतेबाट सन्चालन भएको खेल पुस २८ गते समापन हुनेछ भने गोल्डकप विजेताले नगद रु . ५० हजार र उप-विजेताले रु. ३० हजार पाउनेछन् ।

दोस्रो सेमीफाइनलको खेल भोलि शनिबार दिउँसो ३ बजे पूर्व देउराली खेल मैदानमा झापा फूटबल क्लब राजगढ र शनिश्चरे क्लब  फूटबल शनिश्चरेबीच हुनेछ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु