डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर,माघ ७ गते । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति  खुल्ला नकआउट ‘नाईन साइड ‘ फुटबल  प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमीफाईनलमा  डीवाईपी फुटबल क्लब  डुँडामारीले गार्डेन फुटबल क्लब ,धरान  विरूद्द सनसनीपूर्ण जीत निकालेको छ ।

 

डुँडामारीले  धरानलाई ५–१  गोलको  फराकिलो अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का पारेको हो  । यो जीतसँगै फाइनल खेलको समीकरण पूरा भएको छ । अब फाईनल खेलमा डुँडामारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबसँग उपाधिको लागि  माघ ९ गते  प्रतिष्पर्धा गर्ने छ ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा डुँडामारी एफसीले उत्कृष्ट  खेल प्रदर्शन गरेको थियो । डुँडामारी एफसी तर्फबाट  मनिष लिम्बुले ह्याट्रिक गरे  । त्यसैगरी सन्जोक मगर र सुमन लिम्बुले १/१ गोल गर्दै  टिमलाई विजयी बनाए । पराजित  गार्डेन फुटबल क्लबले डुँडामारी एफसीका तर्फबाट सुसाइड गोल मार्फत्  उपहार स्वरुप १ गोल पायो ।

 

खेलको ‘ म्यान अफ द म्याच’ डुँडामारी एफसीका मनिस लिम्बु  घोषित भए ।  । उनलाई नेपाल राष्ट्रिय ढुवानी सेवाका केन्द्रीय सदस्य श्याम प्रसाईले नगद सहित ट्रफि प्रदान गरे ।

प्रतियोगिताको फाईनल खेल शिवसताक्षी धाम फुटबल क्लब र डुँडामारी फुटबल क्लब बिच दिनको १ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले  जानकारी दिए ।

तुर्केनी फुटबल क्लवको आयोजनामा माघ २ गते बाट सञ्चालन भई माघ ९ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.