काँकरभिट्टामा जनसहयोगमा सुविधासम्पन्न अस्थायी ट्राफिक प्रहरी भवन निर्माण

A notice in Nepali from Mechinagar Ward No. 10

काकरभिट्टा।दुई दशक भन्दा बढी समयदेखि अस्थायी कार्यालय स्थापना गरी सेवा दिदै आएको काँकरभिट्टा अस्थायी ट्राफिक प्रहरी पोष्टको आवाससहितको सुविधासम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएको छ।

स्थानीय संघ संस्था र जन सहयोगमा निर्मित भवन २०८० भदौ ६ गते शिलान्यास गरेपछिलो चार महिनाको अवधिमा निर्माण सम्पन्न गरी भवन ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्न लागिएको हो । काँकरभिट्टा खानेपानीको सभा हलमा बिहीबार एक कार्यक्रमकाबीच सयबढी दाताहरुलाई सम्मान पत्र प्रदान गरिने पनि भवन निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलले बताए ।

नवनिर्मित भवन मेचीनगर-६, स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब साडे ६ धुर क्षेत्रफलमा निमार्ण भएको हो। भवनको कूल लागत २२ लाख रुपैयाँ रहेको निर्माण समितिका आर्थिक संयोजक सुभाष गुरुङले जानकारी दिए। । भवन निर्माणका लागि सहयोग पुर्याउने दाताहरुको नामावली शिलालेखमा लेखिएको भवन निर्माण समितिका सचिव तथा ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले बताए ।
ट्राफिक कार्यालयको भवनमा ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय, सार्वजनिक शौचालय, चमेना गृहलगायतका संरचना निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.