२७ साउन, मेचीनगर : लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने मानिसलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउसो १ बजे झापा भद्रपुर नगरपालिका ०५ बस्ने सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगरको कारोवार÷बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगेर कानुन बमोजिम खानतलासी, बरामदी र पक्राउ गर्ने क्रममा स्थानीय ५२ वर्षीय शम्भु राईलाई पक्राउ गरेको हो ।
राईले हातमा खुकुरी बोकेर सार्बजनिक स्थलमा हिडने महिला तथा बृद्धमानिसहरुलाई समेत आतंकित बनाई प्रहरीहरुको बाटो छेक्ने तथा अपशब्द बोल्दै अनावश्यक दुःख हैरानी दिएकोले निज समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए । राईलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार कसूरमा पाँचदिन म्याद लिई अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।

























