झापाको धाइजनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । झापाको बुद्धशान्ति गाउँपालिका–३, धाइजनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बेलुकी करिब साढे ७ बजे मे १० प ८८५७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मेचीनगर नगरपालिका–१२ का २२ वर्षीय रमेश राजवंशीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.