१ असार, मेचीनगर : विश्व स्वास्थ्य संगठनको आकलन अनुसार वर्ष विश्वभर ४ दशमलव १ करोड मानिसहरुको नसर्ने रोगहरुबाट मृत्यु हुन्छ । मुटु तथा रक्तनली सम्बन्धी रोगहरु, क्यान्सर, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगहरु विश्व र दक्षिणपूर्वी एशिया क्षेत्रमा मृत्यु र अपाङ्गता गराउने प्रमुख कारणहरु हुन् ।

यसैलाई मध्यनजर गदैं झापाको मेचीनगरमा आइतबारबाट उक्तरक्तचाप, मधुमेह, मृगौला रोग परीक्षण उपचार तथा रोकथाम सम्बन्धी तीन हप्ते निःशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ । वि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ‐केएचडीसी) को प्राविधिक सहयोगमा मेचीनगर नगरपालिकाको स्वासथ्य शाखाले शिविर आयोजना गरेको हो । शिविरमा ल्यावसहित अन्य सेवा निःशुल्क प्रदान गरिने छ । साथै नसर्ने मुख्यः यी रोगको औषधि समेत प्रदान गरिने छ ।

मेचीनगर—११ स्थित स्वास्थ्य चौकीमा शुरुभएको शिविरमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले आफ्नो स्वस्थ्य परीक्षण गरेर उद्घाटन गरेका थिए । शिविरको उद्घाटन गदैं नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नसर्ने रोगहरु एउटा स्वास्थ्य सवाल मात्रै नभई राष्ट्रिय विकास योजनाका लागि चुनौती पनि भएको बताए । यसले व्यक्ति र घरपरिवारको गरिबी बढाउँने र सामाजिक आर्थिक विकासलाई कमजोर बनाउँने नगरप्रमुख बुढाथोकीको भनाई छ ।
नेपालमा नसर्ने रोग बढ्नुको प्रमुख जोखिमकारक तत्वहरुमा सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता वा गतिविधिको कमी, मादक पदार्थको हानिकारक प्रयोग, अस्वस्थ्यकर, खानपान र जीवनशैलीसँग सम्बन्धित व्यवहारहरु रहेको विज्ञहरुको भनाई छ । उनीहरुका अनुसार यस्ता चारवटा प्रमुख नसर्ने रोगहरुले अल्पायूमा हुने मृत्युको ८० प्रतिशत बढी हिस्सा ओगटेको छ । मुटु तथा रक्तनली सम्बन्धी रोग विश्वभरनै मृत्युको पहिलो प्रमुख कारण बनेको छ । नेपालमा नसर्ने रोगहरुबाट अल्पायुमै हुने मृत्युलाई सन् २०२५ सम्ममा एक चौथाई र सन् २०३० सम्ममा एक तिहाईले कम गर्ने परिलक्ष्य निर्धारण गरेको छ ।

शिविरमा डाक्टर अविनास देवको नेतृत्वमा रहेको १३ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाको भनाई छ । उनले तीनहप्तामा नगरका विभिन्न वडाका ८ सय ३९ जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको बताइन् । मेचीनगर नगरपालिका वडा नम्बर —११ का वडाध्यक्ष रुद्र डाँगीको अध्यक्षतामा शुरु शिविरको सञ्चालन स्वास्थ्य चौकी प्रमुख दीपेन्द्र चौधरीले तथा कार्यक्रमको औचित्यमाथि प्रकाश स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले गरेकी थिईन् । उद्घाटन सत्रमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीसहित वडाका जनप्रतिनिधिहरुसहित सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


























