के आर फाउण्डेशनद्वारा आम्दा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन मेचीनगर : शान्तिनगर गाउँ पञ्चायतका पूर्व प्रधान पञ्च केशवराज भण्डारीको ४५ औा स्मृति दिवसका अवसरमा आइतबार झापाको मेचीनगर— १० धुलावारीस्थित आम्दा मेची अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

स्वर्गीय भण्डारीको नाममा स्थापना भएको के आर फाउण्डेशनले अस्पतालमा भर्ना भएका विरामीहरुलाई जुससहित फलफूल वितरण गरेको हो । फाण्डेशनका अध्यक्ष सविता भण्डारी, सचिव गोपाल बस्नेत, सदस्यहरु अनिल भेटवाल, सरस्वती सिटौला, बन्धनकुमार मुण्डा, लेखनाथ पराजुलीसहितको टोली अस्पताल पुगेर विरामीलाई फलफूल वितरण गरेको थियो । कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर पोषणरमण त्रिपाठीको विशेष उपस्थिती रहेको र उहाँले फाउण्डेशनका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

एकल महिलाका हक, हित अधिकारका क्षेत्रमा, अनाथ बालालिकाहरुको क्षेत्रमा तथा युवा लक्षित विभिन्न कार्यक्रम प्रशिक्षणलगायत अन्य चेतनामुलक कार्यक्रम गर्ने तीनवटा उद्घेश्यले २०७५ साल बैशाख ८ गते शनिबारका दिन मेचीनगर — ९ मा केशवराज भण्डारी फाउण्डेशन ‐के आर फाउण्डेशन) संस्था सार्वजनिकीकरण गरिएको थियो । यसअघि फाउण्डेशनले समाजमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गदैं आए पनि कोभिड १९ का कारण यसपल्ट सामान्य कार्यक्रम गरेको हो । शान्तिनगर गाउँ पञ्चायतमा केशवराज भण्डारी प्रधान पञ्च भएका बखत उहाँका सहकर्मी तथा तत्कालिन उपप्रधान पञ्च शिव शर्मा चापागाई, उहाँका समकक्षी तत्कालिन वडाध्यक्ष विष्णुलाल गौतम, माया गुरुङ र दिनानाथ ढकाललाई फाउण्डेशनले यस अघि सम्मान गरेको थियो ।

समाजमा विभिन्न विभिन्न रचनात्मक काम गरेको फाउण्डेशनले निकट भविष्यमा साविक शान्तिनगर—६ मा ज्येष्ठ नागरिक चौतारो निर्माण गर्ने उद्घेश्यले दुई कठ्ठा जग्गा निःशुल्क प्राप्त गरेको छ । १८ वर्षको उमेरमा तत्कालिन शान्तिनगर गाउँ पञ्चायतको प्रधान पञ्च हुनुभएका स्वर्गीय केशवराज भण्डारीको २०३२ सालमा क्यान्सर रोगबाट थलिएर बीर अस्पतालमा काठमाडौंमा २०३३ सालमा ३३ वर्षकै उमेरमा निधन भएको फाउण्डेशनका अध्यक्ष सविता भण्डारी भेटवालको भनाई छ ।

तत्कालिन पञ्चायती राजनीतिमा पूर्वी नेपालबाट हलचल मच्चाउदैं विभिन्न जिम्मेवारी सम्हालेर ख्याती आर्जन गर्न सफल उहाँ निष्ठावान नेता हुनुहुन्थयो । झापा जिल्ला पञ्चायत सदस्य, मेची अञ्चल युवक संगठनको सभापति र तत्कालिन राजाको दौडाह प्रमुखको भूमिकामा देशका विभिन्न स्थानमा न्याय सम्पपादन गरी जनताकाबीचका लोकप्रिय उहाँ स्नातक उतिर्ण बौद्घिक र प्रखर वक्ताका रुपमा स्थापित हुनुहुन्थयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.