रक्तदान कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

 

९ असार, मेचीनगरः मेचीनगरभित्र असंगठितरुपमा रहेका विभिन्न क्षेत्रका मजदुरहरुको अभिलेख राखेर उनीहरुको हक, हित अधिाकरका लागि स्थानीय सरकार लागिपर्ने बताइएको छ ।

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औँ स्थापना दिवसको अवसर पारेर विहीबार झापाको मेचीनगरमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन गदैं स्थानीय सरकार प्रमुख तथा उपप्रमुखले यस्तो बताउनुभएको हो । हरेकक्षेत्रका मजदुरहरुको समस्या समाधानकालागि स्थानीय सरकारले कसरी सम्बोधन गर्न सक्छ र उनीहरुका दैनिक आधारभूत आवश्यकता पुरा गर्न सकिन्छ भन्नेमा मेचीनगर नगरपालिका सधै गम्भीररुपमा लाष् िपरेको उहाँहरुको भनाई थियो ।

स्थानीय लक्ष्मीनारायण मन्दिर पसिरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए ।

संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई हस्तान्तरण गरिएको छ । प्राविधिकहरु विज्रेस सुवेदी, सविता लिम्बु र आष्मा लिम्बुले रगत संकलन गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङलगायतले रक्तदानको महत्वका बारेमा बोल्नुभएको थियो ।

संगठनका केन्द्रिय सदस्य खडानन्द भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश, उपाध्यक्ष मानबहादुर तामाङले स्वागत तथा सञ्चालन सचिव दावा तामाङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.