धुलावारी जेसीजको पदहस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

बाहुण्डाँगी माघ ७ । धुलावारी जेसीजको २०२० को टिमले आफ्नो कार्यकाल पदहस्तान्तरण सम्पन्न गरेको छ ।
मंगलवार धुलावारीस्थित टाउन हलमा भएको ४१ औँ पदहस्तान्तरण समारोहका बिच २०२० का अध्यक्ष सागर खनालले २०२१ का अध्यक्ष राजिप प्रसाईलाई सपथ ग्रहण सहित पदहस्तान्तरण गराउनु भएको हो । साथै सोही समारोहमा जुनियर जेसीजका अध्यक्ष शैलेस गौतमको टिमलाई पनि पदहस्तान्तरण गरिएको थियो ।
मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर मिना उप्रेती, नेपाल जेसीजका २०२१ का कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल, नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष सिनेटर अनिल भेटवाल, शाखाका पूर्व अध्यक्ष गोपाल बस्नेत, मिलन प्रसाईलगायतले नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष प्रसाईले २०२१ का लागि महासचिवमा शेखर गिरी, कोषाध्यक्षमा कबिर खड्का, कानुनी सल्लाहकारमा नारायण खनाललगायत विभिन्न पदमा मनोनित गर्नु भएको थियो । सपथ ग्रहणपछि बोल्दै अध्यक्ष प्रसाईले कोरनाका कारण २०२० मा बनाइएका वार्षिक योजनाहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने र स्थानीय सरकारसँग सहकार्य गरेर सामाजिक क्षेत्रमा काम गर्ने बताउनु भयो । साथै उहाँले धुलावारी जेसीजले ४ वर्षदेखि सुरु गरेको अक्षयकोषमा आफ्नो तर्फबाट ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । यसैगरी सागर खनालले पनि एक लाखको अक्षयकोषको घोषणा गर्नु भएको थियो । कार्यक्रममा छिमेकी शाखाका अध्यक्ष तथा शाखाका पूर्व अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.