२३ साउन, मेचीनगर : झापाको मेचीनगर —१४ मैनालीवाडीमा नवनिर्मित मैनालीवाडी चौताराको शुक्रबार विधिवत उद्घाटन भएको छ ।
मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोख्रेल उप्रेती र वडा नम्बर —१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले संयुक्तरुपमा चौताराको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी कार्यवहाक नगरप्रमुख उप्रेतीले समाजको सवैभन्दा ठूलो सम्पति भनेकै टोलवासीको एकता भएको बताउँदैं यो एकता मेचीनगरमा रहेको स्पष्ट पारिन । पछिल्लो समय मेचीनगर— १४ ले विविध विषयमा चर्चा पाएसँगै यसले यो वडाको प्रवद्र्धनमा थप सहयोग पुग्ने कार्यवहाक नगरप्रमुख उप्रेतीले विश्वास व्यक्त गरिन् ।
यसको हरेक विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदैंँ कार्यवहाक नगरप्रमुख उप्रेतीले समाज, परिवार, सामाजिक, मान्यता र सामाजिक तथा पारिवारिक सम्बन्धका विविध आयामलाई बुझ्नु जरुरी रहेको बताईन । उक्त चौतारा निर्माणका लागि मेचीनगर नगरपालिकाले चारलाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । स्थानीय दाताहरुले समेत आर्थिक सहयोग गरेका थिए ।
पूर्व मन्त्री रात्राकृष्ण मैनाली र राधिका मैनालीले नगद ५० हजार रुपैयाँ, डिल्लीराम शोभा मैनालीले नगद ५० हजार आर्थिक सहयोग गरेका थिए । चौतारा निर्माण ३५ जनाभन्दा बढी दाताले आर्थिक तथा जिन्सी सामान सहयोग गरेका थिए ।

सोहि अवसरमा पाँचहजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख उप्रेती अविर खादा पहिर्याएर उनीहरुलाई सम्मान गरेकी थिईन् । मैनालीवाडी टोल विकास संस्थाका अध्यक्ष खेमराज ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मेचीनगर —१४ वडाध्यक्ष बाबुलाल सुब्बालगायतले बोलेका थिए ।

संस्थाका सचिव दीपक ढकालले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई पूर्व सचिव सन्तोष न्यौपानेले शब्दमार्फत स्वागत गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य ‐जनप्रतिनिधि) हरु दीपक सुवेदी, फूलकुमारी राजवंशी, लाल मोह्मद मियाँ, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, ज्येष्ठ नागरिक समाजसहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, स्थानीयवासीको सहभागिता रहेको थियो ।


























