काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २१ फागुन÷ काँकरभिट्टा बसपार्कमा अव्यवस्थित र यत्रतत्र छरिएर रहेका बुकिङ काउण्टर विभिन्न प्रालि कम्पनिमा दर्ता भई सञ्चालनमा रहेका यातायातलाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्न शुक्रबारबाट काँकरभिट्टामा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आएको छ । संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आए लगत्तै यसले व्यवसाय सञ्चालनमा आलोपाले पद्घतिमा सहयोगी भूमिका खेल्ने व्यवसायीहरुको भनाई छ ।

पूर्व मेची बस व्यवसायी प्रालि को व्यवस्थापनमा सञ्चालनमा आएको बुकिङ काउण्टरको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य राजेन्द्र रिजालले एक समारोहकाबीच समुदघाटन गर्नुभएको थियो ।

पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ का कारण थला परेको नेपालको यातायात व्यवसाय केहीदिनदेखि पुरानै लयमा फर्किन थालेको भए पनि यातायात क्षेत्रमा देखिएको विकृतिविसंगतिका कारण झनै संकटमा परेको भन्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केन्द्रिय सदस्य रिजालले संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आए पछि यस्ता विकृतिविसंतिमा कमि आउने विश्वास व्यक्त गर्नुभयो । यसरी व्यवस्थितरुपमा यातायात सञ्चालन गर्दा यातायात व्यवसायीको लगानी र यसमा संलग्न मजदुरहरु सुरक्षित हुने उहाँको भनाई थियो ।

देश विकासको प्रमुख मेरुदण्डका रुपमा रहेको यातायातमा व्यवसायीहरु र मजदुरहरु एक भएर अघि बढ्नु पर्ने र विकृति र विसंगतिको अन्त्य गर्नुपर्नेमा रिजालले जोड दिनुभयो ।

पूर्व मेची बस व्यवसायी प्रालि का अध्यक्ष विष्ण्ुकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले यस कार्यको खुलेरै प्रशंसा गदैं यस्तो उदाहरणिय कार्यमा आ आफ्नो संघ संस्थाको एक्यवद्घता रहने प्रतिवद्घता रहने जनाएका थिए । अब कुनै पनि यात्रुहरुले काँकरभिट्टा बसपार्कबाट आफुले चाहेको रोजेको सुविधा सम्पन्न यातायातका सवारी साधनमा सरकारले तोकेको भाडादरमा सहज र सुविधाढंगबाट गन्तव्यमा पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ । वक्ताहरुले यसअघि यत्रतत्र छरिएर अव्यवस्थित व्यवसायीहरु त्यसमा आश्रित मजदुरहरु अब एउटै छातामूनि गोलबद्घ भएर सरल र सहजरुपमा मर्यादित र अनुशासीत ढंगले यातायात सञ्चालन गर्न पाउने बताएका थिए ।

उद्घाटन कार्यक्रममा काठमाण्डौं पूर्वाञ्चल यातायात समन्वय प्रालिका अध्यक्ष राजुविक्रम मिश्र, पुर्वी नेपाल यातायात व्यवसायी पलिका अध्यक्ष केशव गिरी, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहालले यसअघि काठमाण्डौंमा समेत यस्तै संयुक्त बुकिङ काउण्टर सञ्चालनमा आएको र पुर्वका यातायात व्यवसायी र मजदुरहरुले समेत यसको अनुशरण गदैं पुर्वबाट समेत यस्तो राम्रो कामको थालनी गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जस्ले राम्रा काम गर्छ उस्ले गरेको राम्रा कामको अनुशरण गर्नु राम्रै हुने उहाँको भनाई छ । यातायातक्षेत्रमा देखिएका समस्या समाधान र विकृतिविसंगति नियन्त्रणमा स्थानीय प्रशासनको साथ सहयोग सधै रहने उहाँले विश्वास दिलाउनुभयो ।

काँकरभिट्टा बसपार्कबाट लामो तथा छोटोदुरीका दैनिक एकसय बढि सवारी साधन सञ्चालन हुने गरेको कम्पनिले जनाएको छ । पुर्व मेचीदेखि पश्चिम महाकाली तथा पूर्वी पहाडी जिल्लामा समेत यस बसपार्कबाट नियमित सवारी साधन सञ्चालन हुने गरेका छन् । पूर्व मेची बस व्यवसायी प्रालिका व्यवस्थापक दुर्गाराम अर्यालले सञ्चालन गरेको उदघाटन समारोहमा सहभागी सवैमा दीपक तामाङले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.