धरानको अस्थायी प्रहरी चौकीका प्रहरीमाथि आक्रमण गर्ने ५ जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

धरान, जेठ २६। धरान १५ को अस्थायी प्रहरी चौकीमा जेठ १३ गते प्रहरी माथि आक्रमण गरी तोडफोड गर्ने १० जना मध्ये ५ जनालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त घटनामा संलग्न मध्येका २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बुलाई जेठ १८ गते धरान-५ देउरालीमा लुकीछिपी बसेको अवस्थामा धरान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त घटनामा संलग्नहरूको खोजीमा सुनसरी प्रहरीबाट उनीहरू भागी जाने सम्भावित जिल्लाहरू (मोरङ, तेह्रथुम र धनकुटा) का प्रहरी र १ नं. प्रदेश प्रहरी ब्युरोको समेत मद्दत लिइएको थियो ।

खोजी र पक्राउका क्रममा पछिल्लो समयमा घटनाका मुख्य आरोपीहरू ३० वर्षीय वसन्त राई ३२ वर्षीय रेगन लिम्बु धनकुटा जिल्लाको छथर जोरपाटी-४ बन्चरे एरियामा पुगी लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रदेश ब्युरो, सुनसरी र धनकुटा प्रहरीको टोलीले उक्त एरियालाई लक्षित गरी सघन अपरेसन सुरु गरेको थियो ।

प्रहरी नजिकै पुगेको, भाग्न उम्कन सक्ने अवस्था नदेखी हताश भएका उनीहरू गए राति जिल्ला प्रहरी कार्यालय धनकुटामा स्थानीय जनप्रतिनिधिको सहयोगमा आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पण गरेका २ जनालाई आजै धरान ल्याई उनीहरू विरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर (विरुद्ध ज्यान मार्ने उद्योग १८३.१) अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

(साभार:- कपुरी न्युज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.