Wednesday, June 23, 2021
- बिज्ञापन -
गृह राष्ट्रिययसै साता नेपालमा एसियाली मनसुन भित्रिने: मौसमविद्

यसै साता नेपालमा एसियाली मनसुन भित्रिने: मौसमविद्

मेचीनगर,जेठ २७ । यसै साता नेपालमा एसियाली मनसुन भित्रिने क्रममा रहेको मौसमविद्ले जानकारी दिएका छन् । दुई–तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहनेछ । ‘२८ देखि ३० जेठसम्म मनसुन सक्रिय हुने आङ्कल गरिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले भनिन् । मनसुन मध्यअसोज अर्थात् १०५ दिन नेपाली आकाशमा कायम रहन्छ ।

गत वर्ष मुलुकमा ठूल्ठूला पहिरो खसेका थिए । मनसुनी अवधिमा सिन्धुपाल्चोक, म्याग्दी, कालिकोट, बझाङलगायत जिल्लामा ठुल्ठूला पहिरो खस्दा दुई सय ९६ जनाको मृत्यु भएको थियो । त्यसैगरी, बाढीमा ४३ जनाको ज्यान गएको थियो । यो वर्ष बाढीपहिरोका घटना अझ बढ्न सक्ने भएकाले जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

पछिल्लो १० वर्षको तथ्यांक र मनसुन पूर्वानुमानमा आधारित रही राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको विश्लेषणअनुसार यस वर्ष बाढी र पहिरोबाट क्रमशः १७ लाख र एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु