Thursday, June 24, 2021
- बिज्ञापन -
गृह राजनीतिआफ्नो नाम नभएको भन्दै उपाध्यक्षले शिलालेख तोडफोड गरिन्

आफ्नो नाम नभएको भन्दै उपाध्यक्षले शिलालेख तोडफोड गरिन्

बुटवल । झोलुङ्गे पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै उपाध्यक्षले शिलालेख तोडफोड गरेकी छिन्।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा बनेको मंझरियाको पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै उपाध्यक्ष सुनिता कलवारले शिलालेख तोडफोड गरेकी हुन्।

कलवारले शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्य तथा उपभोक्ता समितिका अध्यक्षको समेत नाम राखिएको तर आफ्नो नाम नराखिएकाले विरोधस्वरुप शिलालेख भत्काएको बताइन् ।

बिहीबार पुल उद्घाटनको कार्यक्रम आयोजना गरिएको थियो र प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डेलाई निम्त्याइएको थियो। तर शिलालेखको विषयमा विवाद भएपछि सांसद पाण्डे कार्यक्रम स्थलमा गएनन्। अबेर गरी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले आफै पुलको उद्घाटन गरेका थिए।

हाललाई विवाद साम्य पार्न शिलालेखमा मार्करले उपाध्यक्षको नाम लेखिएको छ। उपाध्यक्षको पनि नाम समेटिने गरी अर्को शिलालेख बनाइने अध्यक्ष बानियाँले बताए।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु