पूर्वेली सेवा समाज जापानले मेची प्रादशेकि अस्पताल भद्रपुर दियो ५० थान पीपीई

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २८ जेठ: कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने उद्घेश्यले पूर्वेली सेवा समाज जापानले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ५० पसि पीपीई सेट प्रदान गरेको छ । कोरोनाविरुद्धको लडाइँमा सहयोग पु¥याउनका लागि समाजले उक्त परिमाणको पीपीई सेट अस्पताललाई उपलब्ध गराएको समाजका संयोजक भुषण दाहालले जानकारी दिनुभयो ।

शुक्रबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा समाजको प्रतिनिधित्व गदैं मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र निमित्त मेसु टंकप्रसाद बाराकोटीलाई उक्त सामाग्री प्रदान गर्नुभएको थियो । विपतका बखत संस्थाले झापावासीका लागि देखाएको सदासहायताप्रति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.