मेचीनगर, २९ जेठ : मेचीनगरमा थप एक जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१३ को वडा कार्यालय छेउ तेलीबारीका ६६ वर्षीय पुरुषको शनिबार विहान ११ वजे बिर्तामोड स्थित बी एण्ड सीमा उपचारका क्रममा मृयु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताउनु भयो ।
१५ दिनअघि युरिनमा ईन्फेक्सन भएपछि उनलाई बीएन्डसीमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा ६ दिनअघि मात्र उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको बताईएको छ ।
आज दिउसो ३ वजे स्थानीय देउनिया खोलामा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्दैछ ।
त्यस्तै शुक्रबार पनि मेचीनगर–१० की ६२ वर्षीया महिलाको कोराना कारण मृत्यु भएको संयोजक बरालले जानकारी दिनु भयो ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

























