वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा, नागरिक दबाब सञ्जालले दिएको अल्टिमेटम पनि आज सकिदै

A notice in Nepali from Mechinagar Ward No. 10

धरान,जेठ ३१ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले प्रतिष्ठानलाई एक साताको अल्टिमेटम दिएसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ ।

आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागका पदाधिकारीहरूसँग सोधपुछ समेत गरेको बताइएको छ ।

आयोगको टोली आइतबार बिहान ११ बजे प्रतिष्ठान पुगेको थियो । टोलीले शिक्षाध्यक्ष डा. गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्त्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको थियो ।

अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयहरूमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए । प्रतिष्ठानसँग सम्बन्धित धेरै वटा विषयमा छानबिन भइरहेकोले अनुसन्धानको क्रममा प्रतिष्ठान गएको उनले बताए ।

टोलीले खरिद तथा मूल्याङ्कन शाखाबाट केही कागजातहरू लिएर गएको बताइएको छ । यसबारेमा भने अख्तियारले अनुसन्धानको क्रममा रहेको भन्दै केही जानकारी दिएको छैन ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भएको अनियमितता छानबिन गर्न र त्यससँग सम्बन्धित कागजात लिन आयोगको टोली फेरि पनि प्रतिष्ठान आउने बताइएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक दबाब सञ्जालले जेठ २४ गते प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त अल्टिमेटमको समय आज (सोमबार) सकिँदै छ ।

अख्तियारले प्रतिष्ठानमा छापा मारिरहँदा प्रतिष्ठानका उपकुलपति भने काठमाण्डौमा रहेका छन् । उनी केही दिन अघि काठमाण्डौ गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.