नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ। खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानु हुनेछ।
दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त हुनु भएको थियो।

























