मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीको उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।बाढीका कारण खोलामा फसेका

सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा अएका बाढीका कारण फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको जानइएको छ ।

उद्धार कार्यमा जुट्दै मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङसहितको टोली पोखरा स्थित श्री भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.