सरकारले दियो असार २५ गतेभित्र कर तिर्न निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सरकारले असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ। बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो।

विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ। कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो।

सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो। काठमाडौं उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा निरन्तर चलिरहेको छ भने अन्य जिल्लामासमेत निषेधाज्ञा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.