मेची अभियानले दियो दुईवटा पालिकालाई मा पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’

A notice in Nepali from Mechinagar Ward No. 10

४ असार, मेचीनगर : हामी जुट्छौँ, फेरि उठ्छौँ,’ भन्ने उद्देश्यले पाँच वर्षअघि जनस्तरबाट सुरु भएको मेची अभियानले कोभिड १९ को महामारीका बखत शुक्रबार झापाका दुईवटा पालिकामा पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ । अभियानका परिकल्पनाकार नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका विश्वप्रकास शर्माको विशेष पहलमा करिना फाउण्डेशन द्वारा सहयोग गरिएका यी सामग्री कोरोना संक्रमित भई आइसोलेशनमा रहेका बिरामीका लागि महत्वपूर्ण मानिन्छ ।


यसअघि अभियानले कोभिड १९ लाई मध्यनजर गर्दैं पूर्वमा टेलिपेथी सेवा सुरु गरेको थियो । कोभिडको महामारीमा अन्य रोगीहरूले उपचार सेवा नपाउने अवस्था भएपछि झापामा नन्कोभिड बिरामीहरूका लागि टेलिमेडिसिन सेवा सञ्चालन गरीरहेको मेची अभियानले झापाको मेचीनगर नगरपालिका र बुद्घशान्ति गाउँपालिकालाई ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिनुभयो ।

२०७२ सालको महाभूकम्पका बखत समेत अभियान देशका विभिन्न भागमा राहत सामग्री लिएर पुगेको थियो । डालमियाका अनुसार झापाको मेचीनगर नगरपालिकाले सञ्चालन गरिरहेको मेचीनगर— ११ धाइजनस्थित स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा एउटा तथा मेचीनगर—१० धुलावारीस्थित आम्दा मेची अस्पताललाई दुईवटा ओटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।

यसैगरी, बुद्घशान्ति गाउँपालिका द्वरा सञ्चालित महिला सामुदायिक भवनमा रहेको आइसोलेशन वार्डलाई समेत दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरिएको छ । अभियानले एक साता झापाका विभिन्न स्थानीय तहमा अति आवश्यक स्थानको पहिचान गरि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गर्ने संयोजक डालमियाले जानकारी दिनुभयो ।

 

मेचीनगरमा आयेजित कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरु, आम्दा मेची अस्पतालका डक्टर पोषणरमण त्रिपाठी,मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्लिसिनालाई अभियानका परिकल्पनाकार एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संयोजक विजय डालमिया, सदस्यहरु उमेश सुवेदी पुष्पराज पौडेललगायतले ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

बुद्घशान्ति गाउँपालिकामा अभियानका परिकल्पनाकार एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संयोजक विजय डालमियाले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीलाई प्रदान गर्नुभयो । कार्यक्रममा काँग्रेस गाउँ सभापति चक्र सेर्मा, जनप्रतिनिधिहरु, संघसंस्था का प्रमुख, प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

मेची अभियान र केएचडीसीको सहकार्यमा मेचीनगर नगरपालिका पनि जोडिएको छ । उपचार अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य, आवश्यक सावधानी र सतर्कतासम्बन्धी समन्वयका लागि कोभिडसँगै नन्कोभिडलाई सघाऔँ अभियान सुरु गरिएको यस अभियानका परिकल्पनाकार नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.