काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

A notice in Nepali from Mechinagar Ward No. 10

४ असार, काठमाण्डौं: नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ ।

बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौ भित्र महाधिवेशन गरिने बताउनु भएको थियो। त्यसका लागि आवश्यक सुझाव राख्न नेताहरूलाई भन्नु भएको थियो । आजै बैठक सम्पन्न गरिने भन्दै शीर्ष नेताको तहमा अहिले छलफल भइरहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.