५ असार, मेचीनगर : प्रेस क्लब मेचीनगरले आफ्नो स्थापना दिवस ‐वार्षिकोत्सव)का अवसरमा शनिवार नगरभित्रका अग्रजसहित विभिन्न सञ्चारकर्मीहरुसँग विविध विषयमा छलफल गरेको छ । छलफलमा सहभागी पत्रकारहरुले क्लबले अहिले स्वास्थ्यलाई प्राथमितकतामा राखेर काम गर्न जोड दिएका थिए ।

२०७१ साल असार ४ गते संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएर ‐दर्ता नम्बर २२५९) प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीप प्रवद्र्घन गरी पत्रकारहरुको व्यवसायिक हक हित अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गदैं आएको प्रेस क्लब मेचीनगर स्थानीय सरकार मेचीनगर नगरपालिकाको संस्था दर्ता ऐन २०७६ को दफा बमोजिम अनुसूची ३ नियम ४ सँग सम्बन्धित २०७७ मंसिर १२ गते मेचीनगर नगरपालिकामा दर्ता भएर ‐दर्ता नम्बर ०६ ) प्रमाणपत्र प्राप्त गरेको छ ।
क्लबको कार्यालयमा भएको छलफलमा अध्यक्ष लक्ष्मी उप्रेतीले २०७७ साल असोज १० गते वर्तमान नेतृत्वले जिम्मेवारी प्राप्त गरेपछि हाल सम्म भए गरेका कामका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । क्लबले आगामी दिनमा प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीपका विभिन्न रचनात्मक कार्य गदैं अघि बढ्ने योजना भए कोभिड १९ का कारण योजना र अपेक्षा अनुसार काम गर्न नसकेको प्रष्ट पार्नुभयो ।
कोभिड १९ को यस्तो विषम परिस्थितीमा पनि नेपाली पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कर्ममा जुटिरहेका छन् । यस्तो अवस्थालाई ध्यानमा राखेर प्रेस क्लब मेचीनगरले नगरमा क्रियाशील सञ्चारकर्मीहरुलाई आफ्नै सिमीत स्रोत र साधन तथा सहयोगी संघ संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको छ । हरेक सञ्चारगृहमा पुगेर सञ्चारमाध्यम, त्यसमा कार्यरत सञ्चारकर्मी र सञ्चारउद्यमीको अवस्था बुझ्ने काम गरिरहेको स्पष्ट पार्नुभयो । कोभिड १९ का कारण थला परेका नगरका सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्था बुझेर स्थानीय सरकारसँग यस्तो परिस्थितीमा कसरी सञ्चारमाध्यमलाई माथि उठाउन सकिन्छ भनेर निरन्तर छलफल गरी लोककल्याण्कारी विज्ञापन वापतको रकम उपलश्ध गराउन आग्रह गरे लगत्तै केही केहीले रकम प्राप्त गरिसकेको केह केहीको अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
उहाँले क्लबलाई हालको अवस्थासम्म ल्याइ पुर्याउन मुख्यःयोगदान तथा सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै पत्रकारहरुको हितमा क्लबका आगामी योजनाहरु केन्द्रित रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । क्लब मेचीनगरका विभिन्न सञ्चारकर्मीहरुको हक, हित अधिकार रक्षाका लागि तथा सारोगाहेमा एकसाथ अघि बढ्ने भएकाले यसका लागि सवैको रचनात्मक र सकरात्मक सल्लाहको अपेक्षा गर्नुभयो ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्यले क्लवले आफ्नो दायित्व पुरा गर्ने गरीको कार्यक्रमहरु अघि बढाउन आग्रह गर्नुभयो । आचार्यले क्लबले अवलम्वन गरेका नीति तथा लक्ष्य पुरा गर्न निरन्तर लागि पर्न आग्रह गर्दै प्रेस क्लवका सम्पूर्ण गतिविधिहरुमा पूर्व पदाधिकारी तथा अग्रज पत्रकारहरुको सहयोग र समन्वय रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले पत्रकार उपचार कोष स्थापना गर्न जोड दिदैं आफ्नो तर्फबाट कोेषका लागि नगद १० हजार रुपैयाँ घोषणा गर्नुभयो । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष समेत रहनु भएका क्लवका निवर्तमान अध्यक्ष पौडेलले क्लवले आठौं बर्ष प्रवेशको अवसरमा कार्यालयका लागि एक थान ‘स्टेण्ड फेन’ समेत प्रदान गर्ने घोषणा गर्नुभयो ।
उहाँले उपयुक्त दाताको पहिचान गरी क्लबलाई आर्थिकरुपमा मजबुद बनाउँने गरीको अभियान सञ्चालन गर्न आग्रह समेत गर्नुभयो । अग्रज पत्रकार जी एन शर्माले समसामयिक बिषयमा सरोकारवाला पक्षसँग साप्ताहिकरुपमा साक्षात्कार कार्यक्रमको आयोजना गर्न सुझाव दिनुभयो । शर्माले क्लबलाई यो स्थानसम्म ल्याइ पुर्यान भूमिका खेल्ने सबैलाई सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो उहाँले समाचार विभागका कार्यरत पत्रकार र अन्य क्षेत्रमा रहेर सञ्चारकर्ममा क्रियाशील सबैको अलग/अलग पहिचान हुने गरीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
प्रेस संगठन झापाका अध्यक्ष झुुलन रेग्मीले पत्रकारहरुको स्वास्थ्य अवस्थालाई सम्बोधन हुने गरीको कार्यक्रम ल्याउन प्रस्ताव गर्दै अग्रज एवम् सम्पूर्ण पत्रकारहरुले हरेक समय आफ्नो जिम्मेवारी, हैसियत र मर्यादाको ख्याल गर्न जरुरी देखिएको धारणा राख्नुभयो । रेग्मीले पछिल्लो समयमा पत्रकारहरुले सामाजिक सञ्जालमा द्वेश पोख्ने र अनर्गल टिप्पणी गर्ने, प्रचारमुखी अभिव्यक्ति प्रकट गर्ने गरेको भन्दै आफ्नो क्षेत्रमा संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बक्ताहरुले मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस क्ल्बले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गरेको बताउँदै आगामी दिनसमेत क्लबलाई सबैको अपनत्व हुने गरीको वातावरण सृजना गर्दै आफ्ना गतिविधिहरु अघि बढ्न सुझाव राखेका थिए । कार्यक्रममा क्लबका सदस्य तथा प्रेस चौतारी नेपाल झापाका सह संयोजक प्रकाश पौडेल, सदस्यहरु दिलिप थापा, हरिकृष्ण भण्डारीलगायतले आफ्नो धारणा राख्दै प्रेस क्लबलाई पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने गरी पेशागत तालिमको व्यवस्था गर्न माग गर्नुभयो ।
क्लबले बार्षिकोत्सवको सप्ताह पारेर मेचीनगरका सम्पूर्ण पत्रकारहरुको उपस्थितिमा सदस्या एवम् भेष्ट वितरण कार्यक्रमको आयोजना गर्ने कार्यक्रमको सञ्चालन गदैं क्लबका सचिव जीआर धितालले जानकारी दिनुभयो । छलफलमा क्लबका पूर्व पदाधिकारीहरु, वर्तमान कार्यसमिति तथा सञ्चारकर्मीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
प्रेस क्लबको तर्फबाट शनिबारनै क्लबका संस्थापक कोषाध्यक्ष एवम् वर्तमान सदस्य पत्रकार पर्वत पोर्तेलका बुवाको निधन भएको छैठौ दिनको अवसर पारेर श्रद्धाञ्जली एवम् समवेदना प्रकट गरेको थियो ।

























