५ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ४५ हजार २०९ जना संक्रमित भएका छन भने ५ लाख ५३ हजार ३४२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























