सवोच्चले सरकारलाई भन्यो पत्रकारलाई कोरोना विरुद्धको खोप लगाउनु

A notice in Nepali from Mechinagar Ward No. 10

६ असार, काठमाडौँ : सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड- १९)विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू,’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.