अन्य प्रदेशमा पनि सरकार बनाउन पहल गर्ने विपक्षी गठबन्धनको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

६ असार, काठमाडौं : विपक्षी गठबन्धनले प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ करीव डेढ घण्टा बसेको बैठकमा पछिल्लो दिनका राजनीतिक घटनाक्रमको समिक्षा गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष निकालिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेसलाई बताउनु भयो ।

बैठकले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको छ ।

गठबन्धन सरकार बन्न बाँकी रहेका प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठनका लागि राजनीतिक पहल जारी रहेको खड्काले बताउनु भयो । ती तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन् ।

एमालेको माधव नेपाल पक्षले सहयोग गरेका कारण तीनवटै प्रदेशका नीति तथा कार्यक्रम पारित भएका छन् । तर राजनीतिक रुपमा पहल भने जारी राख्नेबारे छलफल भएको छ ।

बैठकमा एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षले गठबन्धन नछाड्ने जानकारी गराएको छ । स्रोतका अनुसार प्रचण्ड र माधव नेपालले कांग्रेस केन्द्रीय कार्य समितिबाटै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोमा सभापति देउवालाई धन्यवाद दिनु भएको थियो ।

छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी हुनुहुन्थ्यो ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.