अमेरिकाको आलाबामामा भएको सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको ज्यान गएको छ।
आँधीले प्रभावित भएको राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह १८ वटा सवारी साधान एकै दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको हो ।
बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका रहेको स्थानीय अधिकारीले उल्लेख गरेका छन् ।
पानीका कारण चिप्लो भएको सडकमा सवारी साधानहरुले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने बट्लर काउन्टीका अधिकारीले बताएको सिएनएनले उल्लेख गरेको छ ।
आलाबामामा बाढी तथा टोरनाडो आउँदा दर्जनौँ घर क्षतिग्रस्त भएका छन् । एक कारमा रहेका ९ महिहनाकी बालिका र उनका २९ वर्षका पिताको मृत्यु भयो ।
अरु ८ जना फोस्टर होम टालापूसा काउन्टी गर्ल्स रान्चमा बस्दै आएका बालिकाहरु रहेको छन्। उनीहरु चढेको बस दुर्घटनामा परेको हो ।
उनीहरुमध्ये सबैभन्दा कम उमेरकी बालिकाको उमेर ४ वर्ष रहेको थियो । सो बसका चालकलाई बटुवाले सुरक्षित रुपमा निकालेका थिए ।
बालिकाहरुको पनि उद्धारको प्रयास भए पनि बसमा आगो लागिसकेकाले असहज भउको स्थानीय टेलिभिजन डब्लुडिभिसीले उल्लेख गरेको छ ।
दुर्घटनामा अरु पाँचजना घाइते भएका छन्, उनीहरुको अवस्था गम्भीर नरहेको स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।

























