नेपालमा पुष्टि भएको कोरोनाको नयाँ म्युटेसन जुनसुकै उमेर समूहलाई असर गर्न सक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरुमध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७ एन म्युटेसन ) भेटिएको छ जसलाई (एवाइ.१)नाम दिइएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजीमा
सेक्वेन्सिङका लागि पठाइएको जनाएको छ।

उक्त नमूनाहरूको जिनोमिक सेक्वेन्सिङ पहिचान गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ। ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७ एन म्यूटेसन भेटिएको छ जसलाई (एवाई.१)नाम दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म यो म्यूटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ। यीसहित हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.