११ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ एन्टिजेन परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ६१ हजार ८४१ जना संक्रमित भएका छन भने ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























