१२ असार, काँकडभिट्टा : मेची उद्योग वाणिज्य संघ मेचीनगर कार्य समिति सदस्य भूमि पाैडेल नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ काे विषयगत समिति सदस्यमा मनाेनयन हुनुभएकाे छ । चैत १८ काे निर्णय अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ काे विषयगत समिति घरेलु तथा साना उद्योग समितिकाे सह-सभापतिमा मनाेनयन गरिएकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेकाे मनाेनयन पत्रकाे बाेधार्थ घरेलु तथा साना उद्योग समिति, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरका सभापति प्रितम खड्गीलाई दिईएकाे छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ ले प्रदेशकाे आर्थिक गतिविधिलाई सक्रिय बनाउन, सवै व्यवसायीहरूकाे हक, हित र अधिकारका साथै संघीय, प्रदेश र स्थानीय सरकार तथा सराेकारवालाहरूसँग समन्वय गरि काम गर्न विषयगत समिति गठन गरिएकाे अध्यक्ष ढकालले बताउनुभयाे । महासंघले पाैडेलकाे मनाेनयनले प्रदेश उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउन राय सुझाव र सल्लाह महत्वपुर्ण हुने र गतिविधहरू क्रियाशिल बनाउने कार्यमा पुर्ण सहयाेग प्राप्त गर्ने विश्वास लिएकाे अध्यक्ष ढकालकाे भनाई छ ।


























