दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असार, काठमाडौं : नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताउनु भयो।

‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ । त्यसपछि केन्द्रीय कमिटीबाट थप निर्णय हुन्छ,’ उहाँले भन्नु भयो ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘एमालेमा अब अस्थायी संरचना रहँदैन । पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ ।’

अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नु भएको थियो । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।

नेता नेपालले भने ओलीले भने जस्तो ३ जेठ नभएर २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ । एमाले मिलाउन कार्यदलका नेताहरु अनौपचारिक सम्वादमा छन् ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.