३ हजार ५९७ जना संक्रमण मुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

१६ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ६ लाख ७३ हजार ७४९ जना संक्रमित भएका छन भने ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.