१६ असार, काँकरभिट्टा : रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकी नेतृत्वको टिमले भोलि विहीबारबाट पदभार ग्रहण गर्ने छ ।
बुधबार राति १२ बजेबाट सन् २०२०/२०२१ का अध्यक्ष कृष्णकान्त (नवराज) खनियाको कार्यकाल पुरा हुदैंछ । क्लबको सन् २०२१/२०२२ का लागि अन्य पदाधिकारीहरुमा निवर्तमान अध्यक्षमा कृष्णकान्त (नवराज) खनिया, प्रथम उपाध्यक्षमा डाक्टर आनन्दराज खनाल, द्वितीय उपाध्यक्ष मेदनिप्रसाद खरेल, प्रेसिडेण्ट इलेक्टमा सुजन प्रधान, प्रेसिडेण्ट नोमिनीमा इञ्जिनियर रुद्रप्रसाद मैनाली, सचिवमा उदयकुमार श्रेष्ठ, सहसचिवमा भगिरथ राई र कोषाध्यक्षमा युवराज भट्टराई चयन हुनुभएको छ ।
रोटरी क्लव अफ काँकरभिट्टाको सन् २०२१/२०२२ को क्लव एडमिनिट्रेशन चियर राजु मर्हजन, मेम्वर सीप चियर कृष्णराज पौडेल, पव्लिक रिलेसन चियर शरद खनाल, सर्भिस प्रोजेक्ट चियार दीपेंद्र राज पांडे, टिआरएफ चियर बशन्त तिवारी, सर्जेन्ट एट आर्म्स अशोककुमार श्रेष्ठ, यूथ सर्भिस चियर रविचन्द्र नेपाल, रोट्रयाक्ट मेन्टर पेमा लामा, आइटी चियर दुर्गाबहादुर लुइटेल, टिच कमिटी चियर राधिका गुरुङ, वेभ मास्टर इञ्जिनियर विवेक श्रेष्ठ, क्लब मेन्टर मोहन निरौला, क्लब ट्रेनर दिलीप सुवेदी, क्लब एडभाइजर गोपाल तामाङ्ग, ललितबहादुर तामाङ्ग, विमल आचार्य, केशवराज पाण्डे, कमल थापा रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा नविन वराल, लक्ष्मीदेवि खनियाँ, मुना प्रधान, विजया तामाङ्ग, गीता आचार्य, जीवनबावु सिल्वाल, बव्लु क्षेत्री र प्रकाश श्रेष्ठ रहनु भएको छ । बुधबार राति १२ बजेबाट सन् २०२०/२०२१ का अध्यक्ष कृष्णकान्त (नवराज) खनियाको कार्यकाल पुरा हुदैंछ । रोटरीको नियम अनुसार हरेक वर्षको जुलाई १ तारीख नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने नियम अनुसार बुढाथोकी नेतृत्वको टिमले दिउसो ११ बजे मेचीनगर नगरपालिकाको सभाकक्षमा आयोजना हुने कार्यक्रममा नगरपालिकालाई दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको सचिव उदयकुमार श्रेष्ठको भनाई छ । क्लबले केहीदिन अघिमात्र ‘क्लबको एसेम्बली’को अवसरमा रोटरी क्लव अफ काँकरभिट्टाको सन् २०२१/२०२२ को पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो । ‘असिस्टेन्ट डिष्ट्रीक गभर्नर’ अमोद आचार्यले सहजीकरण गर्नुभएको ‘क्लबको एसेम्बली’ मा विभिन्न चियरहरुले आ-आफ्नो प्रगति र कार्य विवरण प्रस्तुत गर्नुभएको थियो भने, ‘असिस्टेन्ट डिष्ट्रीक गभर्नर’ आचार्यले राय सुझाव दिनुभएको थियो ।
आम्दा मेची अस्पताल धुलावारीमा अक्सिजन प्लान्टको निर्माण कार्य पुरा गर्ने, स्थानीय निकायहरु संगको सहकार्यमा सामाजिक कार्यहरुमा जोड दिने, आवश्यकता अनुसारको विभिन्न स्वास्थ्य शिविर तथा अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने, शिपमुलक तालिमहरुलाई निरन्तरता दिने, शिक्षा तथा वातावरण क्षेत्रहरुमा विभिन्न कामहरु गर्नेलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने भावी योजना रहेको अध्यक्ष बुडाथोकीले बताउनुभयो ।
यसैरी रोटरी क्लब अफ काँकरभिट्टाको मिडिया संयोजकका रुपमा पत्रकार लक्ष्मी उप्रेतीलाई चयन गरिएको छ । क्लबका पव्लिक रिलेसन चियर शरद खनालले पत्रकार उप्रेतीको नाम घोषणा गर्नुभएको थियो । सन् २०१९/२०२० देखिनै पत्रकार उप्रेती रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका मिडिया संयोजक जिम्मेवारी निर्वाह गदैं आउनु भएको छ । हालै सम्पन्न बैठकबाट पत्रकार उप्रेतीकै नाम सर्वसम्मत गरिएको क्लबका सहसचिव भगिरथ राईले बताउनुभयो ।
उता रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा रोटरियन विगत ओझा चयन हुनुभएको छ । रोटरी क्यालेन्डर अनुसार ओझाले जुलाइ एक तारेख देखि पदभार सम्हाल्दै हुनुहुन्छ ।
त्यसैगरी अन्य पदाधिकारीहरुमा प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनीमा इश्वर अधिकारी, सेक्रेटरीमा प्रज्वल राइ,ज्वाइन्ट सेक्रेटरीमा पवन कुमार श्रेष्ठ, टेजररमा किशोर पराजुली, क्लव एडमिनिष्टशन डाइरेक्टरमा कविन राइ, मेम्वरसिप डाइरेक्टरमा राजकुमार पोखरेल, पब्लिक रिलेशन डाइरेक्टरमा दिपेश ढकाल, रोटरी फाउन्डेशन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्समा सुभाष रत्न शाक्य, क्लव ट्रेनरमा नरेश पराजुली, क्लव मेन्टरमा सुरज खत्री,आइ टी अफिसरमा उज्वल श्रेष्ठ, युथ सर्भिसमा प्रदीप सरावगी, सोसियल मिडीया एण्ड क्लव वुलेटीनमा सन्जय राज पोखरेल र वेभ मास्टरमा राजेन्द्र सिंह चयन हुनुभएको छ ।

























