मनकामना स्मार्ट लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको आईपिओ निष्कासन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) आज (बिहीबार) देखि खुल्दै छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ताबापत ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुने छ ।

खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम तीन हजार दुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

बिक्री गरिने कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याईएको बिक्री प्रर्वन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

हाल अधिकृत पुंजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.