राउटे युवतीलाई यौन दुर्व्यहार गर्ने तीन युवा कारागार चलान

A notice in Nepali from Mechinagar Ward No. 10

सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गर्ने तीनजना युवालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने तीनजना युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत सुर्खेतका अनुसार राउटे युवतीमाथि यौन दुव्र्यवहारका आरोपित चोमन भन्ने चौमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन भन्ने मनबहादुर पुनलाई कारागार चलान गरिएको हो ।

उनीहरुलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी अपराध मुद्दामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो । ती युवाहरुले राउटे समुदायका दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.