झापा, ५ असोज । लगभग ६ महिनापछि आज चन्द्रगढी एयरपोर्टबाट यति र बुद्ध एयरका दुई जहाजले हाउसफुल यात्री बोकेर काठमाडौं उडान भरेका छन् ।
एयरपोर्ट प्रमुख मुरारी पौडेलका अनुसार सोमवार १२ बजेतिर बुद्ध एयरको र १२:४५ बजेतिर यति एयरको जहाजले चन्द्रगढी एयरपोर्टबाट लामो समय पछि उडान गरेका हुन् ।
कोभिड १९ का कारण चैत ११ गते सरकारले लकडाउन गरेयता मुलुकभरका एयरपोर्ट बन्द छन् । चन्द्रगढी एियरपोर्टबाट चार्टर उडान समेत भएको थिएन ।
अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालका अनुसार विमानस्थलमा लामो अवधिपछि उडान सञ्चालन हुँदा यात्रु, कर्मचारी, विमान सञ्चालक, पर्यटन व्यवसायीलगायत सबैमा खुशीको माहोल थियो ।
एयरपोर्टमा यात्रुको स्वास्थ्य सुरक्षा र जाँचका लागि विशेष व्यवस्था गरिएको थियो ।