काँकरभिट्टामा पहिलो पटक छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, काँकरभिट्टा:  नेपाल प्रवेशको पूर्वीद्वार झापाको काँकरभिट्टामा पहिलो पटक छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण भएको छ । छिट्टै सञ्चालनको तयारीमा रहेको करीव २५ देखि ३० जना क्षमताको होल्डिङ्ग सेन्टर नेपाल रेडक्रस सोसाइटि झापा शखाले निर्माण गरेको हो ।

कोभिड १९ का कारण भारतलगयात अन्य मुलकुबाट आफ्नो घर नेपाल फर्कने मानिसहरुलाई लक्षित गरी करीव साढे तीनलाख रुपैयाँको लागतमा निर्माण भएको होल्डिङ्ग सेन्टरमा धेरै सुविधा रहेको नेपाल रेडक्रस सोसाइटि झापा शखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार होल्डिङ्ग सेन्टर परिसरमै सुविधा सम्पन्न महिला तथा पुरुषका लागि छुट्टाछुट्ै शौचालय, छुट्टै स्तनपान कक्ष र मानिसहरुलाई केहीबेर आराम गर्न बस्नकै लागि ब्रेञ्चहरु राखिएका छन् । होल्डिङ्ग सेन्टर वरिपरी कोभिड १९बाट
कोभिड १९ को दोस्रो लहरका क्रममा जिल्लामै छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण गरेको उहाँको भनाई छ । काँकरभिट्टा निर्माण गरिएको व्यवस्थित होल्डिङ्ग सेन्टरमा २४ घण्टासम्म सेवा प्रदान गरिने छ ।

भारतलगायत अनय मुलुकबाट काँकरभिट्टा नाका भएर नेपाल फर्कने हरेक मानिसका लगेजको डिसइन्फेक्सन टनेलबाट शुद्घिकरण गरिने शाखा सभापति ढकालले बताउनुभयो । होल्डिङ्ग सेन्टर परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ । दुई सिफ्टमा गरेर २० जना रेडक्रसकर्मीसहित स्वयम्सेवक परिचालन गरिने उहाँको भनाई छ ।

उनीहरुले विहान नाका खुलेदेखि राति नेपाल—भारतकोसीमा बन्द नभईञ्जेल नेपालतर्फ आउने जो कसैलाई पनि सेवा प्रदान गर्ने छन् । मास्क, ग्लोब्स, एप्रोनलगाएर नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर त्यहाँ आइपुगेका हरेकलाई सेवा दिनेछन् । त्यहाँ कार्यरत रेडक्रसकर्मी र स्वयम्सेवकले मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्राप्त गर्नेछन् ।

कोभिड १९ को पहिलो लहरका बखत पनि नेपाल रेडक्रस सोसाइटि झापा शखाले जिल्लाका विभिन्न ठाउँमा अत्याधूनिक प्रविधिबाट एकपटमा चारजनासम्मले हातधुन सक्ने व्यवस्था मिलाएको थियो । सम्भवत यस्तो प्रविधिजडान गरि यस्तो व्यवस्था मिलाइएको झापामै पहिलो थियो ।

यूनिसेफ, आइएमओ तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायतका दातृ संस्थासँग मिलेर झापाको मेचीनगर र विर्तामोड नगरपालिका तथा कचनकवल र झापा गाउँपालिकासहित मुख्यः राजमार्गसँग जोडिएका मानिको आवतजावत र भीडभाड अहिल बढी हुने स्थानमा ५ सय लिटर पानीको ट्याँकीमा एकसाथ चारवटा वेसन जडान गरेर यस्तो व्यवस्था मिलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.