२२ असार, काँकरभिट्टा : नेपाल उद्योग वाणिज्य महासंघले झापा बिर्तामोडका युवा व्यवसायी विनोद बस्नेतलाई महासंघ मातहतको द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरमको सदस्यमा मनोनित गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य समेत रहनुभउका बस्नेतलाई महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार फोरमको आमन्त्रित सदस्यमा मनोनित गरेको जानकारी दिनुभयो ।
महासंघ अन्तर्गत देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरमको समिति बनेको हो । ‘महासंघलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा यहाँ सम्मिलित फोरमले महत्वपूर्ण योगदान पु¥याउने कुरामा विश्वस्त छौं ।’ –अध्यक्ष गोल्छाले बस्नेतलाई सदस्यमा मनोनित गरेको पत्र प्रदान गर्दै भन्नुभएको छ – ‘फोरमलाई क्रियाशील बनाउने कार्यमा यहाँको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु ।’
फोरमको सदस्यमा मनोनित बस्नेत सयपत्री टे«डलिङ्क (यामाहा गाडीको बिक्रेता) लिङ्कका प्रबन्ध निर्देशक हुनुहुन्छ भने व्यवसायिक तथा सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील हुनुहुन्छ । झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव समेत उहाँ हुनुहन्छ ।