कारितास नेपालले मेची अस्पताललाई दियो अत्यावश्यक स्वास्थ्य सामग्री

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, झापा : विश्व्यापी महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

अस्पतालको कोभिड वार्ड परिसरमा आज मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंकप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कारितास जर्मनको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्रीमा आरामदायी फोल्डिङ बेड २० थान, त्यसका लागि आवश्यक ओछ्याउने–ओड्ने, आइसोलेशन तथा आकस्मिक कोभिड उपचार केन्द्रहरुका लागि आवश्यक टेन्ट १० थान, पीपीई सेट ५० थान, एन ९५ मास्क २५०० थान, स्वचालित सेनिटाइजर डिस्पेन्सर मेशिन ३ थान, अक्सिमिटर २० थान, नेबुलाइजर मेशिन १२ थान, ५ लिटरको स्यानिटाइजर जार १० थान, ५०० मिलिलिटरको स्यानिटाइजर १२५ थान, पीसीआर किट १९२ थान, भीटीएमकिट ७५ थान सक्सन मेशिन एक थान, एक्स्ट्राक्सन मेशिन किट ५० थान र सर्जिकल पञ्जा १७५० थान रहेको पोखरेलले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको, संक्रमणदर तीब्र हुँदा र अस्पताल जानुपर्ने विरामीको संख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकोले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताउनु भयो ।

कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पतालनजिक श्रयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गर्नुका साथै लायन्स क्लव अफ दमकको सहयोगमा बेलडाँगीस्थित दमक अस्पतलको कोभिड उपचार केन्द्रमा बिरामी र कुरुवाका लागि एक महिनासम्म खानाको व्यवस्था गरिएको पोखरेलको भनाइ छ ।

कारितास नेपालले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिम्मा लिँदै अस्पतालका अध्यक्ष पोर्तेलले कोभिड–१९ महामारी नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा ती सामग्री अत्यन्तै उपयोगी हुने बताउनु भयो । उहाँले कारितास नेपालले पुर्याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । मेडिकल सुपरिन्टेन्डेन्ट डा. बाराकोटीले कारितास नेपालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको बताउनु भयो ।¬

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.