यो वर्ष भित्रै सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असार, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताउनु भएको छ।

वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताउनु भएको हो।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकलाई खोप लाइन्छ, यता उता केही भए एक दुई महिना पछि धकेलिन सक्छ।’

भवनको उद्घाटनसँगै वीर अस्पतालमा १०० शैय्याको आइसीयू पनि सञ्चालनमा आएको छ। यो सञ्चालनमा आएसँगै वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो आइसीयू भएको अस्पतालको अस्पताल बनेको छ। कुल १७ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा पहिले ७५० शैय्या रहने बताइएको छ।

भवनको छैटौँ तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यालय राखिने भएको छ। अण्डरग्राउण्ड २ सहित ९ तल्ले यो ब्लक निर्माणका लागि जे.आई.इसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले दुई अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लिएको थियो। लगभग तोकिएको समयमै निर्माण सम्पन्न भएपनि कोरोना महामारीका औपचारिक उद्‍घाटन ढिला भएको हो। उद्घाटन नभईनै यो ब्लकमा कोरोना संक्रमितलाई राखेर उपचार गरिएको थियो।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.