बढे लागुओैषधका मुद्दा पक्राउ परे विदेशी महिला पनि

२७ असार, काँकरभिट्टा : ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा लागुओैषधमा संलग्न पक्राउ काराेवारीकाे संख्याअघिल्लाे आर्थिक वर्ष २०७६/०७७ र चालू आर्थिक वर्ष २०७७/०७८ काे जेठमसान्तसम्म स्थिररहे पनि मुद्दाकाे संख्यामा भने वृद्धि भएकाे छ । कार्यालयकाे तथ्यांङ्क अनुसार अघिल्लाे आर्थिक वर्ष २०७६/०७७ मा ५७ जना पुरूषलाई प्रहरीले पक्राउ गरेकाे थियाे । चालू आर्थिक वर्ष २०७७/०७८ काे जेठमसान्तसम्ममा लागुओैषधमा संलग्न ५७ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेकाे पुरूषकाे संख्या बराबरी रहेपनि लागुओैषध सम्बन्धिका मुद्दामा भने कहि संख्याले बढेकाे छ । ” अघिल्लाे आर्थिक वर्ष २०७६/०७७ काे एकवर्षकाे अवधिमा ५७ पुरूष र एकमहिला गरि ५८ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ” एकजना प्रहरी अधिकारीले भने-” त्यसवर्ष लागुओैषधमा संलग्न १४ जना पुरूष फरार रहेका थिए । ३१ वटा मुद्दा दर्ता भए।” चालू आर्थिक वर्ष २०७७/०७८ काे एघार महिनामा ६३ जना काराेवारीलाई प्रहरीले पक्राउ गरेकाे कार्यालयकाे अभिलेखले स्पष्ट पार्छ ।चालू आर्थिक वर्षकाे याे अवधिमा पक्राउ पर्नेमा ५७ पुरूष र ६ जना महिला छन् ।

चालु आर्थिक वर्षमा लागुओैषधका ४४ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो एक वर्षको तुलनामा चालु आर्थिक वर्षको एघार महिनामा मुद्दाको संख्या १३ वटाले बढेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको भनाई छ ।

‘‘लागुओैषधको मुद्दा वृद्धि हुनुमा नेपाल भारतको सीमानाका वा ओपन वोडर नै हो’’– एकजना प्रहरी अनुसन्धान अधिकृतले भने– ‘‘सीमावर्ती भारतीय बजारमा लागुओैषध सहजरूपमा खरिद गर्न पाईने भएकाले नेपाली सेवनकर्ता त्यहाँ पुगेर सेवन गर्ने अनि साथमा लिएर आउने गरेका छन् ।’’  मुख्य नाकाबाट आवतजावत गर्नेलाई प्रहरीले चेकजाँचका क्रममा कडाई गर्न थालेका कारण कारोवारी र सेवनकर्ताहरूले अन्य बाटो प्रयोग गर्ने गरेका छन् ।

१ नम्वर प्रदेशको धनकुटा, धरान, तरहरा, इटहरी, उर्लावारी, दमक, झिलझिले,सुरूङ्गा, विर्तामोड, धुलावारीलगायतका ठाउँबाट कारोवारी र सेवनकर्ता भारतीय सीमावर्ती बजार पानीट्याङ्की, बतासी, खोरीवारी, नक्सालबाडी पुग्ने लागुओैषध नियन्त्रण व्युरो शाखा काँकडभिट्टाले जनाएको छ । लागुओैषधमा संलग्नमाथि प्रहरीले उच्च निगरानी बढाउने गरेको छ । जसका कारण कहिले काहीँ यसको ठुलो जालो नै प्रहरीको फन्दामा पर्ने गरेको छ । प्रहरीको सक्रियताका कारण चालू आर्थिक वर्ष २०७७/०७८ को एघार महिनामा १ सय ६१ एम्पुल डाइजिपाम, १ सय ६३ एम्पुल लुपिजेसिक, १ सय ६४ एम्पुल फेनारगन पक्राउ गरेको छ । सोहि अवधिमा ५ सय ८१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, २ केजी अफिम र केएसकेयुएफ ५ सय एमएल नियन्त्रणमा लिईएको छ । यसैगरी गत आर्थिक वर्षमा डाइजीपाम, लुपिजेसिक र फेनारगन १ सय १६/१ सय १६ एम्पुल, ब्राउन सुगर १ सय ७४ ग्राम ५ सय मिलग्राम,अफिम १ केजी ५ सय ग्राम, आसिई ५३ ग्राम र ईएसकेयुएफ १४ बोतल पक्राउ गरेको अभिलेखमा उल्लेख छ । पछिल्लो समय यसको धन्दामा महिलाहरू समेत संलग्न भएका छन् । चालू आर्थिक वर्षको एघार महिनामा २ विदेशी सहित ६ र गत आर्थिक वर्षमा १ जना नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगरको १ देखि ८ नम्वरसम्मका वडाको शान्ति सुरक्षा गर्नुपर्दछ । मेचीनगरको ९ देखि १५ नम्वर वडासहित बुद्धशान्ति गाउँपालिकाको १ देखि ७ नम्वर वडा इलाका प्रहरी कार्यालय धुलावारीले हेर्ने भए पनि ठुल्ठुला अपराधका घटना भए ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले हेर्ने गर्दछ ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.