२७ असार, मेचीनगर: मेचीनगर नगरपालिका वडानम्बर २ ले आइतबार महिला स्वास्थ्य सेविकासहित चारजनालाई सम्मान र पुरस्कृत गरेको छ ।
वडा कार्यालय परिसरमा २ नम्बर वडाले आयोजनाले गरेको ‘कृषक तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान’ कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाहरु तुलसा नेपाल र इन्दिरा न्यौपानेलाई पुरस्कृत तथा सम्मानित गरियो । जनही २५/२५ हजार रुपैयाँसहितको महिला स्वास्थ्य स्वयम्सेविक सम्मान तथा पुरस्कार नेपाल र न्यौपानेलाई प्रदान गरिएको थियो ।
यसैगरी जनही नगद ५० हजार रुपैयाँ र सम्मान पत्रसहितको उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान चुडामणि मगर र पर्वतराम राना मगरलाई प्रदान गरिएको वडा सचवि राजेन्द्र राईले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता गदैं वडाध्यक्ष तीलक न्यौपाने, जनप्रतिनिधिहरु सुरेश घिमिरे, वेनुकुमार राईलगायतले पुरस्कृत थगा सम्मानित व्यक्तित्वहरुलाई अविर टिका खादा पहिर्याएर नगदसहितसम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका प्रमुख प्रतिनिधिहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य सीतादेवि तिम्सिना दर्जीले गर्नुभएको थियो ।